तीन लाख ४० हजार पशु चौपायालाई खोप

75Shares
तीन लाख ४० हजार पशु चौपायालाई खोप

१९ वैशाख कैलाली । कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका गाई, गोरु, भैँसी, राँगा, बाख्रालगायत पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो । गत मङ्सिरबाट सुरु गरिएको खोप अभियानमा हालसम्म ६४ हजार सात सय ८० गाईगोरु र ४७ हजार नौ सय २० भैँसीराँगालाई खोरेतविरुद्ध खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए ।