१८ बैशाख काठमाडौँ । बर्दियाका सांसद गीता वस्नेत सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएको बताइएको छ ।राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व नवलपुर स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेको हो ।बस्नेत सहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको पुष्ठि गरेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेकोमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एक अधिकृतले पुष्टि गरे । सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा धेरै रकम अपचलन गरेको अनुसन्धानमा खुलेको प्रहरी भनाइ छ ।रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।