१८ बैशाख बर्दिया । बर्दियामा पछिल्लो पटक चोरीको बिगविगी बढिरहेका बेला सुरक्षा निकायलाई चुनौति दिदै प्रहरीको नाकमुनीबाट दिउसै मोटरसाइकल चोरी भएको छ ।सुन्दा अचम्म लाग्न सक्छ तर तथ्य नै हो प्रहरीको आँखा अगाडि बाटै मोटरसाइकल चोरी भएको दृश्य सिसिटिभिमा देखिन्छ ।जिल्ला प्रशासन कार्यालयको गेट छेउमै राखिएको भे १३ प ३५३ नम्वरको मोटरसाइकल सोमवार दिउसो चोरी भएको बताइएको छ । बर्दिया बढैयाताल गाउँपालिका ८ निवासी खगेन्द्र हमालको रोखिराखेको मोटरसाइकल चोरी भएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले मोटरसाइकल चोरी भएको सिसिटिभि बाट देखिएको पिडितलाई उजुरी दिन आफुले भनेको केहि दिनमै चोर पक्राउ पर्ने नयाँ शिरालाई बताउनु भयो ।