बाजुरामा रेबिजविरुद्धको खोप अभाव

45Shares
बाजुरामा रेबिजविरुद्धको खोप अभाव

१८ बैशाख बाजुरा । बाजुरामा सरकारले नि शुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । जथाभावी रूपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए । जिल्लामा रहेका जिल्ला अस्पताल, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको छ ।