१७ बैशाख पर्सा । काठमाडौँको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानमाथि प्रहरीले गोली चलाएको छ । आइतबार राति पर्साको वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली उनको देब्रे खुट्टामा लागेको छ भने उनलाई उपचारका लागि प्रहरीले नारायणी अस्तालमा लगिएको छ ।पर्साका एसपी कुमोध ढुंगेलले चेकजाँचका क्रममा उनी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिए । उनको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा २०७९ असोजमा गोली प्रहारबाटमोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । यो घटनाका उनी मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो भने उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका थिए । बब्लु पासवान भारतको रक्सौलका भएको बताइएको छ ।