नेपाललाई १६१ रनको लक्ष्य

51Shares
नेपाललाई १६१ रनको लक्ष्य

१६ वैशाख, काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी २० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।