१६ बैशाख जुम्ला । आफनै बुबाको हत्या गरेको आरोपमा छोरीलाई पक्राउ गरिएको जुम्ला प्रहरीले जनाएको छ ।
जुम्लाको पातारासि गाउँपालिका ३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनकी २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्।
उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।पातारासि गाउँपालिका १ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो। उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।हाँसु सौतनी छोरी हुन्।