राजस्थान प्लेअफ नजिक

45Shares
राजस्थान प्लेअफ नजिक

१६ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ ।  १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।  त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०. १० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।