इलाम –२ मा अहिले ७ बजेदेखि मतगणना गरिने

786Shares
इलाम –२ मा अहिले ७ बजेदेखि मतगणना गरिने

१६ बैशाख इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज आइतबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले पत्रकारलाई जानकारी दिए ।इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र सिटी हलमा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्येबाट एकजना प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनेछन् । यहाँको कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ हो ।उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।