नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य

60Shares
नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य

१५ बैशाख काठमान्डौ । आजदेखि सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’को पहिलो खेलमा नेपालले २०५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रनको स्कोर खडा गरेको हो।वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। उनले उक्त रन ९ चौका र दुई छक्काको मद्दतले बनाएका हुन्। यस्तै एलिक अथानाजले ४७ बनाउँदा केसी कार्थीले ३८, कदीम अलाइनीले १४ तथा आन्द्रे फ्लितचरले १३ रन बनाए।