इँटाभट्टामा हालेर मान्छे मार्ने लाई जन्मकैद हुँदा भुटानी शरणार्थी प्रकरणका रायमाझी थुनामै बस्नुपर्ने

48Shares
इँटाभट्टामा हालेर मान्छे मार्ने लाई जन्मकैद हुँदा भुटानी शरणार्थी प्रकरणका रायमाझी थुनामै बस्नुपर्ने

१३ वैशाख काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आज आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इँटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा पक्राउ गरेको थियो ।स्रेस्तेदार ढोडारीका अनुसार मो अफताब आलमका भाई मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । सहनी इँटा भट्टाका मुनसी थिए ।यसै गरी सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बिहीबार कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले १० जनाले गरेको पुनरावेदनमा सुनुवाइ गर्दै अघिल्ला दुई तहका अदालतले गरेको आदेशलाई नै सदर गरेको हो ।सर्वोच्चले ३ जनालाई मात्र धरौटी र साधारण तारेखमा छाड्न आदेश गरेको छ। आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा छाड्न भनिएको छ।