१२ बैशाख काठमान्डौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले फिल्म नमेटिने घाउ मा अभिनय गरेका छन्। मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा उनको दृश्यको छायांकन गरिएको छ।फिल्ममा उनले प्रधानमन्त्री को भूमिका निर्वाह गरेका छन्। उनको दृश्यको छायांकनसँगै फिल्मको इन्डक्ल्याप गरिएको छ। ५१ दिनमा फिल्मको छायांकन पूरा गरिएको हो।यो फिल्ममा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा सांसद ज्ञानेन्द्र शाही समेत देखिँदैछन्। उनीहरूको दृश्य केही दिनअघि खिचिएको थियो।