बस्नेतलाइ पर्यटन उद्योग तथा सहकारी मन्त्रालय

30Shares
बस्नेतलाइ पर्यटन उद्योग तथा सहकारी मन्त्रालय

१२ बैशाख २०८१ दाङ । बिना बिभागिय मन्त्री खड्ग बस्नेतले पर्यटन,उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन ।

लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री जोख बहादुर महराले आज बिना बिभागिय मन्त्रीहरुलाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन । आफू सहित ११ सदस्यीय मन्त्रीमण्डल गठन गरेका महराले उर्जा ,जलस्रोत तथा सिंचाइ  मन्त्रालय आफैले राखेका हुन।

नवलपरासी बाट स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका बस्नेतलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने पुर्व सहमती अनुरुप प्रदान गरिएको हो । जिम्मेवारी प्राप्त पछि नयाँ शिरा सङ्ग कुरा गर्दै मन्त्री बस्नेतले भने ‘ यो प्रदेश देशकै पर्यटकिय गन्तब्य रहेको प्रदेश हो । यहाँ प्रचुर सम्भावना रहेको छ । पर्यटन प्रवर्द्धन मेरो पहिलो सर्त हुने छ ।साथै यस क्षेत्रमा उद्योग संचालन गर्न चाहने व्यवसायी लाई साकारको तर्फबाट सहजीकरण गर्न कुनै कन्जुस्याइँ हुने छैन । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानको समेत चुनौती रहेको छ । हामी समस्या समाधानको लागि सिघ्र पहल गर्छौ । ‘

अन्य मन्त्रीको कार्यबिभाजन निम्न रहेको छ ।