१२ बैशाख काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका थिए ।कतारका अमिर फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार काठमाडौं आइपुगेका थिए ।