११ बैशाख बर्दिया । अस्पतालमा मिर्गौला रोगीहरुका लागि हेमोडायलाईसिस सेवा सुरु भएको छ । बर्दिया अस्पतालमा हेमोडायलासिस सेवा शुभारम्भ भएको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेले बताए।लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले एक कार्यक्रमका बिच बर्दिया अस्पतालमा हेमो डायलाईसिस सेवा समुद्घाटन गरेका हुन ।हेमोडायलाईसिस समुद्घाटन कार्यक्रममा बोल्दै पुन मगरले आज यो डायलासिस सेवा प्रवाहको सुरुवात भएको र भोलिका दिनमा पनि यस प्रदेश कै उत्कृष्ट बर्दिया अस्पताललाई आवश्यक पर्ने हरेक सुविधासम्पन्न गर्न आफु लागि पर्ने बताए ।