११ बैशाख बाँके । बाँकेको नेपालगन्जबाट एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका वडा नं १३, लोनियनपुरुवाबाट सोमबार एक थान कटुवा पेस्तोलसहित तीन जना व्यक्तिलाई पक्राउ गरिएको बताउनु भयो ।कटुवा पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ का सदराम बागवान, सोही ठेगाना भएका साकिर अलि बागवान र नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ का हुसेन बागवानलाई पक्राउ गरिएको बताईएको छ ।
पक्राउ परेका तीनै जनाका बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ ।