कहाँ छन १६ जना प्रहरी

63Shares
कहाँ छन १६ जना प्रहरी

१० बैशाख काठमाडौँ ।   प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ । विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत १६ प्रहरी कर्मचारी प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले जनाएको छ । कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने कारबाही हुने जनाएको छ ।