अनलाइनमा जुवा खेलाउने पक्राउ                               

72Shares
अनलाइनमा जुवा  खेलाउने पक्राउ                               

९ बैशाख बाँके । सट्टेवाजी अनलाईन जुवा खेलाईरहेको अवस्थामा १५ जना पक्राउ परेका छन। नेपालगञ्जको धम्बोजीबाट ल्यापटप मोवाईल सहित १५ जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ ।सट्टेबाज अर्थात अनलाईन जुवाको क्रममा भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा शनिवार साँझ अनलाइनबाट सट्टेबाज अर्थात जुवा खेलाईरहेको समयमा उक्त समूह रंगेहात पक्राऊ परेका छन् । शनिवार राती १२ .४५ बजे नेपालगञ्ज(१ धम्बोजी स्थित अयुव हल्वाईको घरको प्ल्याट भाडामा लिएर जुवा खेलाउने उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाङ्गीले जानकारी दिनुभएको छ ।
यी हुन पक्राउ परेकाहरू

१। जि. बर्दिया गु.न.पा.६ बस्ने बर्ष ३८ को बिराज पौडेल २। ऐऐबस्ने बर्ष २० को सास्वन पाठक ।                       ३ बाँके खजुरा गा.पा.१ बस्ने बर्ष ३८ को ईश्वर राणा ।

४ ऐ.ऐ.बस्ने बर्ष ३७ को टोप बहादुर थापा ।

५ जि मोरङ मिक्लाजुङ गा.पा.६ बस्ने बर्ष २५ को ईसाक लिम्बु ।

६ ऐ.ऐ.९ बस्ने बर्ष १९ को सुदेश राई ।

७ ऐ.ऐ.१ बस्ने बर्ष २२ को रोसन दनुवार ।

८ जि .खोटाङ अईसेलुखर्क गा.पा.६ बस्ने बर्ष २७ को प्रविण राई ।

९ जि.ईलाम ईलाम न.पा.९ बस्ने बर्ष ३३ को पर्शुराम दर्जी ।

१० जि.सिराहा सिराहा ७ बस्ने बर्ष २३ को राकेश कुमार यादब ।

११ जि .पर्सा बिरगंज महा.न.पा .१४ बस्ने बर्ष ३१ को सुरेन्द्र चौधरी ।

१२ जि.उदयपुर चाङडिगडी न.पा.८ बस्ने बर्ष ३२ को भास्कर मगर ।

१३ जि.रुकुम पश्चिम आठबिसकोट न.पा.९ बस्ने बर्ष २६ को दिपेन्द्र के.सी.

१४ जि .गोरखा अजुरकोट गा.पा.४ बस्ने बर्ष २९ को रुपक कोईराला ।

१५ जि.पर्बत त्रिबेणी गा.पा.२ बस्ने बर्ष ३५ को सुन्दर राणा रहेका छन् ।