मन्त्री बने स्वतन्त्र सांसद

39Shares
मन्त्री बने स्वतन्त्र सांसद

बैशाख बुटवल । लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद खड्ग बस्नेत लुम्बिनी प्रदेश सरकारको विना बिभागिय मन्त्री नियुक्त भएका छन । उनले मुख्य मन्त्री नियुक्त हुदा जोख बहादुर महराका लागि महुमत पुर्याउने भुमिका खेलेका थिए ।आज बेलुका ५ बजे एक समारोहका बिच प्रदेश प्रमुख को निवास बुटवलमा मन्त्री परिषद बिस्तार भएको हो । लुम्बिनीमा माओवादी केन्द्रका मुख्य मन्त्री जोख बहादुर महराले बिश्वासको मत प्राप्त गरि सकेपछी आज मन्त्री परिषद बिस्तार गर्ने क्रममा   एमाले , जसपा , नाउपा र एक स्वतन्त्र सांसद ले सपथ लिए संगै प्रदेश सरकारले पूर्णता पाएको हो ।कुन दलले कुन मन्त्रालय लिने बारे सहमति भए पनि आज सपथ भने बिना बिभागिय खुवाइएको हो । समझदारी अनुसार छिट्टै मन्त्रालयको जिम्मेवारी तोकिने स्रोतले बतायो ।  आज सपथ लिनेमा खड्ग बस्नेत , दिनेश पन्थी , रत्न खत्री , धर्म बहादुर चौधरी , भुमिश्वर ढकाल , अर्जुन कुमार के सि,  भगवती अधिकारी रहेका छन। मुख्य मन्त्री सहित ११ सदस्यीय मन्त्री मण्डल बनेको हो ।