छत्तीसगढमा २९ माओवादी मारिए

51Shares
छत्तीसगढमा २९ माओवादी मारिए

५ वैशाख भारत । माओवादी प्रभावित छत्तीसगढको काङ्केरमा भएको भिडन्तमा २९ माओवादी मारिएको दाबी भारतीय प्रहरीले गरेको छ । यस भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका छन् ।यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो काँकेरको छोटाबेटिया क्षेत्रमा सन्दिग्ध माओवादीहरूसँग भिडन्त भएको थियो । भारतमा १९ अप्रिलमा बस्तरमा लोकसभाका लागि मतदान हुन लागेको छ । माओवादीहरूले उक्त निर्वाचन बहिष्कार गर्न अपिल गरिरहेकै समयमा मुठभेडको यो घटना भएको हो ।