एमाले बाट निर्वाचित वडाध्यक्ष बलात्कारको आरोपमा कारागार चलान

30Shares
एमाले बाट निर्वाचित वडाध्यक्ष बलात्कारको आरोपमा कारागार चलान

दीपककुमार शर्मा
४ बैशाख बर्दिया । बलात्कारको आरोपमा पक्राउ परेका वडाध्यक्षलाई पुर्पक्षका लागी थुनामा राख्न अदालतले आदेश दिएको छ । बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला अदालत बर्दियाले जनाएको छ । बास्तोलालाई आफनै वडाका एक महिला माथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले केहिदिन पहिले पक्राउ गरेको थियो । नेकपा एमाले बाट वडा अध्यक्षमा निर्वाचित भएका बास्तोलालाई बचाउने हर सम्भव प्रयास असफल भएको थियो ।