३० चैत काठमान्डौ । बलिउड अभिनेता रणदीप हुड्डा हालै फिल्म स्वातन्त्र्य वीर सावरकरु मा देखिएका थिए।
फिल्म एक हप्तासम्म पनि हलमा टिक्न सकेन। तर फिल्ममा रणदीपले खुब तारिफ बटुले। उनले यस फिल्मको लागि निकै मेहनत गरेका थिए।भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मका लागि रणदीपले ३२ केजी तौल घटाएका थिए। उनी फिल्म छायांकनको समयमा पानी र कफी मात्रै पिउँथे।हालै रणदीपले तौल कम गर्न डाइट गर्दा आफ्नो ज्यान जान सक्ने महसुस भएको बताएका छन्। फिल्म निर्माणमा ढिलाइ भएपछि उनले डेढ वर्षको लागि तौल कम गरेका थिए।म ९२ केजीको थिएँ। यस फिल्मको लागि ६० केजी तौल बनाउनु थियो। तौल घटाउँदा आफूलाई निकै कमजोर महसुस गर्थे। कतिपय अवस्थामा बेहोस हुन्छु कि जस्तो लाग्थ्यो। यो मेरो लागि निकै डरलाग्दो कुरा हो। म योजना बनाएर अगाडि बढेको थिएँ। तर तिनीहरूले काम गरेनन्। जसको कारण मैले दुःख भोग्नु पर्यो।