२९ चैत कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकासमन्त्री दिने विषयमा शीर्ष नेताहरूबीच सहमति भएको छ ।नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक मन्त्री सहितको मन्त्रालय दिने विषयमा सहमति जुटेको हो । उक्त सहमतिमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सकारात्मक भएका छन् ।सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति नयाँ सत्ता गठबन्धनको सरकार निर्माणमा निर्णायक भएपछि मुख्यमन्त्रीसहितका मन्त्रालय दिएर सत्ता गठबन्धनको सरकार बनाउने विषयमा सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन् । दाबी नछोडेपछि शीर्ष नेताहरू बीच भद्र सहमति भएको उनको बताइन् ।नाउपाले मुख्यमन्त्री पाउँदा कैलाश चौधरी मुख्यमन्त्री बन्ने छन् । उनलाई अध्यक्ष रन्जिताले केही समय अघि नै दलको नेता चयन गरेकी थिइन् ।यता सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टी करिब सहमति नजिक पुगिसकेका छन् । उनीहरूबीच केन्द्रमा तयार भएको एमाले माओवादीसहितको सत्ता गठबन्धनमा जाने विषयमा करिब टुङ्गो लागेको हो ।