२८ चैत्र बाँके । एसइइ परिक्षामा चिट चोराएको आरोपमा पक्राउ परेका धरौटिमा छुटेका छन ।नेपालगन्जमा रहेको जिभिएन परीक्षा केन्द्रमा ह्वाटशप ग्रुप बनाएर प्रश्नपत्र आउट गरी उत्तर पठाएको फेला परेपछि अनुसन्धान गर्दै प्रहरीले शिक्षक र कन्सल्टेन्सीका गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई नै प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो । त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको छ ।बांकी ४ जनालाई शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले प्रधानाध्यापक र शिक्षक दुवैलाई जनही रु ६० – ६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०- ३० हजार धौरौटिमा छाडेको छ ।