२७ चैत कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा दिदीबहिनी मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ । मंगलबार बिहान करिब ७ बजे घोडाघोडी नगरपालिका वडा नम्बर १० ठेबारस्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।प्रहरीका अनुसार २७ वर्षीया सिमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरीले घरको दोस्रो तल्लाको गल्लीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।