२७ चैत काठमान्डौ । डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका एक जना सैनिकको उपचारको क्रममामृत्यु भएको छ।ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो।उक्त डढेलो निभाउन गएका जुम्लाका सैनिक जवान हेमन्त रावतको सोमबार साँझ मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।डढेलोमा परी रावतसहित २३ वर्षीय आशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएका थिए।रावतको जिल्ला अस्पताल डोल्पामै मृत्यु भएको प्रजिअ दाहालले बताए।