बाँके भन्सारबाट लक्ष्यभन्दा कम राजश्व संकलन

66Shares
बाँके भन्सारबाट लक्ष्यभन्दा कम राजश्व संकलन

२६ चैत बाँके । नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको साढें ८ महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य राखेको छ । कार्यालयले मासिक रुपमा लिएको लक्ष्य अनुसार पनि राजश्व संकलन कम भएको देखिन्छ ।कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखी यही फागुन २० गतेसम्म ११ अर्ब १० करोड ३७ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार अधिकृत एवम् सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । संकलन भएको राजश्व ६१ दशमलभ ९० प्रतिशत हो । कार्यालयले दैनिक रुपमा औषत ८ करोड ३३ लाख ९३ हजार रुपैयाँका दरले राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।