हत्या अभियुक्त ३८ वर्षपछि पक्राउ

60Shares
हत्या अभियुक्त ३८ वर्षपछि पक्राउ

२६ चैत सिरहा । हत्या गरी फरार भएका एक व्यक्ति ३८ वर्ष पछि पक्राउ परेका छन । सिरहा लहान नगरपालिका १८ बरैरबोनाका ७० वर्षीय इस्लाम मियाँ धुनिया पक्राउ परेका हुन् ।२०३६ कार्तिक ९ मा लहान नगरपालिका २४ का खट्टर चौधरीको हत्या भएको थियो । उनको हत्यामा मियाँलाई जिल्ला अदालत सिरहाले २०४२ पौष १० मा दोषी ठहर गरेको थियो ।सिरहा प्रहरीका अनुसार घटनामा दोषी ठहर गर्दै अदालतले मियाँलाई १० वर्ष कैद सजाय तोकेको छ । सजाय पाएपछि मियाँ लुकीछिपी बस्दै आएका थिए ।पक्राउ परेका मियाँ ७० वर्षका छन् । युवा अवस्थामा घटना घटाएका मियाँ वृद्धावस्थामा पक्राउ परेर जेल पुगेका हुन् ।