एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको मुद्धा

42Shares
एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको मुद्धा

२५ चैत, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी परेको छ । बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । उनले हुलाकमार्फत पठाएको जाहेरी मुलुकी अपराध संहिता–२०७४ अनुसार प्रहरीमा दर्ता भएको हो । जाहेरी दर्ता भएसँगै बस्नेतलाई प्रहरीले सोधपुछ गरेको जनाएको छ । पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी थिइन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एमाले संगठनमै रहेका ३१ वर्षीय ति युवतीले बस्नेतलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितको जाहेरी दर्ता भएको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ । उनीमाथि २ महिना १५ दिनको गर्भ हत्या गरेको आरोप लगाइएको छ ।