२५ चैत बर्दिया । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा बर्दियामा एक व्यक्ति पक्राउ परेका छन । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरीया नगरपालिका ६ शान्तिटोल बस्ने ५७ वर्षीय साहिल अहमद मनिहारलाई प्रहरीले पक्राउ गरेको छ ।साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।