२३ चैत बैतडी । बैतडीमा भएको ट्रयाक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्रयाक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए ।दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ ।