२२ चैत्र बाँके । एसईई परीक्षा निरीक्षकको न्युनतम कर्तव्य पनि निर्वाह नगर्ने २ परीक्षा निरीक्षकलाई निष्कासन गरिएको छ।निजहरुलाई भविष्यमा परीक्षा संचालन संबन्धी कार्यको कुनै पनि जिम्मेवारीमा अयोग्य रहने गरि अभिलेखिकरण समेत गरिने बाँके प्रशासनले जनाएको छ ।चैत्र २२ गते संचालन भएको महेन्द्र मा।बि।स्रोत केन्द्रको परिक्षामा केही परिक्षार्थिहरुले मर्यादा बिपरितको गतिबिधी गरिरहदा समेत मुक दर्शकको रुपमा रहि परीक्षा निरीक्षकको न्युनतम कर्तव्य पनि निर्वाह नगर्नुहुने निरीक्षक द्वय गिता सुवेदी र सुर्य थापालाई तत्कालै जिम्मेवारीबाट निष्कासन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।