गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल सम्बद्ध सहकारीमा महानगरको छापा

102Shares
गृहमन्त्री लामिछानेकी पत्नी निकिता  पौडेल सम्बद्ध सहकारीमा महानगरको छापा

२१ चैत काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल सम्बद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले बचतकर्ताको उजुरीका आधारमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहितको टोलीले छापा मारेको हो ।

निकिता यसअघि सो सहकारीकी उपाध्यक्ष थिइन् । उनीविरुद्ध उजुरी पनि परेको थियो । सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप छ । उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको उनको दावी छ । सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् । सोही सहकारी दुई वटा समूह छ ।बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले बरामद गरेको छ । महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको उजुरी परेको थियो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । महानगरले ४० वटा सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । गृहमन्त्री लामिछानेविरुद्ध पनि सहकारी ठगीको विषयमा छानविन भइरहेको छ ।