अस्पतालको लापरवाहिले महिलाको मृत्यु

69Shares
अस्पतालको लापरवाहिले महिलाको मृत्यु

२२ चैत कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ ।मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार १८ गते रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् । डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताउँछिन् ।कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको हो ।अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् । मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा छ । ठुलो घाउ वा चोट पनि थिएन । दिदीले हामीलाई पटक पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले हामीलाई भेटन समेत दिएनन् ।