कर्णालीका मुख्यमन्त्री शर्माले पनी दिए राजीनामा

765Shares
कर्णालीका मुख्यमन्त्री शर्माले पनी दिए राजीनामा

२१ चैत सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।सत्ता गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री एमालेले पाएपछि उनले राजीनामा दिएका हुन् । उनले प्रदेशसभामा विश्वासको मत लिएर मात्रै पद छाड्ने अडान लिएका थिए । तर, त्यसअघि नै पद छाडेका हुन् ।उनी ०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।