न्यायाधीशपत्नीले इजलासमै शंकास्पद वस्तु खाएपछि वीर अस्पताल लगियो

72Shares
न्यायाधीशपत्नीले इजलासमै शंकास्पद वस्तु खाएपछि वीर अस्पताल लगियो

२१ चैत काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्च अदालतको इजलासमा शंकास्पद वस्तु खाएपछि वीर अस्पताल पठाइएको छ ।न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला आरतीले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् । त्यसपछि उनलाई वीर अस्पताल पठाइएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे बताए ।‘इजलासमै शंकास्पद वस्तु पिएको पाइएपछि उनलाई अहिले वीर अस्पताल पठाएका छौं । के पिएको हो भन्न अहिले खुलिसकेको छैन’ घिमिरेले भने ।आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दाको सुनुवाइ हुने क्रममा इजलासमै उनले शंकास्पद वस्तु सेवन गरेको पाइएको हो ।