नेकपा एमाले बर्दियाको नेतृत्वमा को ?

48Shares
नेकपा एमाले बर्दियाको नेतृत्वमा को ?

दीपक शर्मा
२० चैत बर्दिया । नयाँ वर्षको दोस्रो हप्ता अर्थात बैशाखको १५ गते भित्रै नेकपा एमालेले बर्दियामा नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
जिल्ला अधिबेशनको लागी प्रचार प्रसार लगायतका अन्य कार्य तिव्र गतिमा भैरहेको छ । यस पटक जिल्लाको नेतृत्वका लागी दुई जनाको नाम चर्चामा रहेको छ । जसमा नेकपा एमालेका जिल्ला सचिव पदम ढकाल र बाँसगढि नगरपालिकाका पुर्व मेयर सालिकराम अधिकारी रहेका छन ।देशमा युवाको नेत्रृत्वको आवश्यकताको भैरहेका बेला नेकपा एमाले जिल्ला कमिटिका सचिव पदम ढकालले यस पटकको नेतृत्वको लागी तयारी गरिरहनु भएको छ । अव युवा पुस्तालाई जिम्मेवारी बनाउन आवश्यक भएको नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई सार्वजनिक भैरहेकाबेला पाटिका युवा नेता पदम ढकालले उम्मेदवारीको घोषणा गर्नु युवा पुस्ताका लागी अवसरको रुपमा हेरिएको छ । सानो उमेर देखि नै राजनितिमा रुचि राख्ने ढकाल क्याम्पस अध्ययन गर्दा होस वा २०६२ – ६३ सालको ऐतिहासिक जनआन्दोलनका बेला पनि अग्र मोर्चामा खटिदै आउनु भएको थियो । पार्टिले खटाएको जिम्मेवारी इमानदारीका साथ सम्पन्न गर्ने ढकालले कुनै लाभको पद पाउनु भएको छैन यस पटक नेतृत्वमा आउने र केहि गरेर देखाउने सोच रहेको छ । उता सालिकराम अधिकारी पनि एक पटक नेतृत्वमा आउन चाहन्छन । बाँसगढि नगरपालिकाको मेयर समेत भैसकेका अधिकारी गएको निर्वाचनमा प्रदेशमा प्रदेश सभाका लागी निर्वाचन लडेका थिए । जिल्लामा नेतृत्वका लागी निर्वाचन भएको खण्डमा ढकाल र अधिकारी विच नै प्रतिस्पर्धा हुने देखिन्छ भने सर्वसम्मत भएको अवस्थामा पुन:वर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ नै दोहोरीने अवस्था देखिएको छ ।