प्रेजु खनाल
२० चैत काठमान्डौ । ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढेको हो।आयोजनाको पीपीए पावर पर्चेज एग्रीमेन्ट उर्जा खरिदबिक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा फाईल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए।प्राधिकरणसंग पीपीए भएपछि आयोजना कार्यान्वयन जान्छ, निर्देशक ढकालले भने।टाईम्स ईनर्जीको लगानीमा सन २०३० सम्ममा आयोजना पूरा भइ व्यवसायीक उत्पादनमा जाने ईनर्जी टाईम्सका अध्यक्ष दीपक मलहोत्राले प्रतिवद्धता व्यक्त गरे।प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ।यद्यपि अन्य आयोजनाको प्रतिमेगावाट लागत करिब ३० करोडको हाराहारीमा देखिन्छ ।आधा लागतमा बुढीगण्डकी तेस्रो खण्डमा व्यवसायी मलहोत्रासहितका व्यवसायीहरूको लगानी रहेको यश प्रस्तावित आयोजनाको विषयमा मंगलबार विद्युत विकास विभाग सानोगौचरणमा सार्वजनिक सुनुवाइ भएको थियोे ।टाईम्सले लगानी गर्न यश आयोजना जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिँहले दाबी गरे।
निजी क्षेत्रले जलविद्युतको लाईसेन्स पाउनमा विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको आयोगका अध्यक्ष सिँहले बताए ।सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए,पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै होईन,स्थानीयले विपत्ति भोगेको समरण गराएका थिए।सरोकारवालाको जिज्ञासाको जवाफ दिदै व्यवसायी मलहोत्राले त्यस विषयमा आफु गम्भीर रहेको प्रष्ट्याएका थिए।यश आयोजना पिकिङ रन अफ द रिभर प्रकृतिको हुनेछ ।गोरखाको धार्चे १ र चमुनुब्री ३ मा आयोजना निर्माण हुनेछ ।आयोजनाको विषयमा मंगलबार भएको कार्यक्रममा प्राविधिक परामर्शदाता प्रेम केसी आयोजनाको प्राविधिक र लागतको विषयमा प्रस्तुतीकरण गरेका थिए।कार्यक्रम संचालन नुतन शर्माले गरेका थिए,भने आयोजनका प्रवर्द्धक तथा टाईम्स ईनर्जीका संस्थापक अध्यक्ष सीएम बास्कोटाले आयोजनको विषयमा उठेका सवालहरूको जवाफ दिएका थिए। सार्वजनिक सुनुवाइ कार्यक्रम मुलभूतरूपमा आयोजनाले पर्यावरण क्षेत्रमा पार्ने असर बारे जिज्ञासा राखेका थिए।