रन्जित विक्रम शाह
२० चैत बर्दिया । बर्दियामा करिब ६ किलो चरेशसहित एक जना महिला पक्राउ परेकी छन्।
शसस्त्र प्रहरीका अनुसार उनले करिब ५ किलो चरेश वोकेर भारत तर्फ जादै थिइन । भारत तर्फ जादै गर्दा कसलाई कसका लागी लैजादै गरेको हो भन्ने विषयमा खुलेको छैन ।सशस्त्र प्रहरी बलले सोमवार बढैयाताल गाँउपालिका २ स्थित सीमा इलाकाबाट करिब ६ किलो चरेश सहित दाङको लमही नगरपालिका १ बस्ने४५ वर्षीया आशा राई लाई पक्राउ गरेको जनाएको छ । सो कुराको पुष्टि सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।दाङको लमही नगरपालिका १ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै थिइन्। उनले शरीरमा बाँधेर भारत जाँदै गरेको बेलामा शंका लागेर जाँच गर्दा चरेश फेला परेको हो।