दीपककुमार शर्मा
१८ चैत बर्दिया । एसइइ परिक्षा चलिरहेको समयमा पास नभएका झुन्डहरु परिक्षा हल भित्र प्रवेश गरी विद्यार्थिलाई थर्काएको पाइएको छ । बर्दियाको मधुवन नगरपालिकामा आज आइतवार परिक्षा सुरु भएको केहि समयमै नगरपालिकामा काजमा रहेका खगेन्द्र खनाल र गणेश रावतले २ वटा विद्यालयको परिक्षा हल भित्र प्रवेश गरी विद्यार्थिलाई थर्काएको पाइएको हो । खनाल र रावत शुक्रमावि र भृकृटिमाविमा प्रवेश गरी परिक्षा चलिरहेको कक्षा कोठामा विद्यार्थिले परिक्षा दिइरहेको अवस्थामा विद्यार्थिलाई चिट चोर्न पाइदैन , चिट देखेको पाएभने क्लासबाट बाहिर निकालिदे धम्कि दिदै हो हल्ला गरेको एक परिक्षार्थिले बताए । काजमा नगरपालिकामा वस्दै आएका खगेन्द्र खनाल र गणेश रावतले पास समेत नलिएको बुझिएको छ । परिक्षा केन्द्रमा केन्द्राध्यक्षले पास देखाउन भनेपछि पास छ भन्दै परिक्षा हल भित्र छिरेका थिए । यस विषयमा मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरिले आफुले यो विषयमा जानकारी पाएको वास्तविकता बुझन बाँकि रहेको बताउनु भयो । उता मधुवन नगरपालिका शिक्षा शाखा नारायण प्रसाद खनालले गणेश रावत भन्ने व्यक्ति परिक्षाहल भित्र प्रवेश गरेको बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका इकाई प्रमुख रेविका अमात्यले पास कसैलाई व्यवस्था नगरिएको तर स्थानिय पालिकाका शिक्षा प्रमुखलाई जिम्मेवारी दिइएको बताउनु भयो । दुई जनाको दादागीरीले परिक्षा दिइरहेका विद्यार्थिहरुमा कस्तो खालको मानसिक दवाव परेको होला आफै अनुमान लगाउन सकिन्छ । पास नभएकालाई परिक्षा हल सम्म जाने पहुच र दादागीरीकै भरमा देखिएको छ ।