१८ चैत दैलेख। दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।