६१ वर्षिय महिलालाई जबरजस्ती गर्ने ५२ वर्षिय पुरुष पक्राउ

798Shares
६१ वर्षिय महिलालाई जबरजस्ती गर्ने ५२ वर्षिय पुरुष पक्राउ

१७ चैत दाङ । दाङमा ६१ वर्षिय महिलालाई जबरजस्ती गरेको आरोपमा ५२ वर्षिय व्यक्ति पक्राउ परेका छन ।
६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।विकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई घोराही उपमहानगरपालिका–१६ लमडरूवाबाट पक्राउ गरेको छ ।