दिलिप लम्साल
१७ चैत बर्दिया । बर्दियामा बस र हाइस ठोक्किदा हाइसमा सवार ५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । सुदुरपश्चिम बिश्वविद्यालय MBA frist semstar का विद्यार्थिहरु चढेको सुदुरपश्चिम प्रदेश ०२ ००१ ज ४४७ नम्बरको हाइस पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु २ ख ५७५३ नम्वरको वस संग ठोक्किएको थियो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँमा भएको सो दुर्घटनामा परी गम्भिर घाइते भएका कञ्चनपुर भिमदत्त नगरपालिका १८ का पिउस पाण्डे र विनोद भटट सोहि नगरपालिका १० का अन्दाजी ३४ वर्षिय जयन्तराज जोशी गम्भिर घाइते भएका छन । घाइते मध्ये विनोद भटटको अवस्था जटिल भएको हुँदा थप उपचारको लागी भारतको लखनउ लगिएको छ ।