१७ चैत दाङ । दाङमा नेपाली कांग्रेसका स्व खुमबहादर खडकाको सालिक अनावरण गरिएको छ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत नेता खुमबहादुर खड्काको सालिक अनावरण गरेका छन् ।शुक्रबार दाङको देउखुरी, लमही नगरपालिका वडा नं ९ अमिलियामा सभापति देउवाले स्व खड्काको सालिक अनावरण गरेका हुन् । सालिक अनावरण कार्यक्रममा स्व खुमबहादुर खड्काका छोरा अनुराग खड्का र परिवारजनको पनि उपस्थिति रहेको थियो ।सालिक अनावरण कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । दाङ जिल्लाको विकासमा कांग्रेसका नेता स्व.खड्काको महत्वपूर्ण योगदान र भूमिका छ । स्व.खड्काले दाङलाई दिएको योगदानको कदरस्वरुप कांग्रेसले सालिक अनावरण गरेर सम्मान गरेको जनाएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सह–महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डीना’, किशोरसिंह राठौर लगायतका नेता कार्यकर्ताको कार्यक्रममा उपस्थिति रहेको थियो ।सालिकको २०७६ साल चैत १९ गते शिलान्यास गरिएको थियो । सालिक निर्माणका लागि दाङ कांग्रेसका तत्कालीन सभापति कीर्तिबहादुर खड्काको संयोजकत्वमा मूल समिति बनेको थियो ।