मुगुमा गाडी दुर्घटना चालकसहित दुई जनाको मृत्यु

36Shares
मुगुमा गाडी दुर्घटना चालकसहित दुई जनाको मृत्यु

१४ चैत मुगु । मुगुमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जिप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ।जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार मृत्यु हुनेमा जिप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छन्।घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली, हिरादिङ नेपाली र प्रेम नेपाली रहेको उनले बताए।