१४ चैत काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ ।बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको हो । अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ’ एसपी अधिकारीले भने ।बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।