१३ चैत बाँके । बाँकेको कोहलपुरमा आफनै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।कोहलपुर १४ स्थित हेम्पाईप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भएका वर्ष २२ का अनिल विकले श्रीमती शुसिला सुनारको हत्या गरेका हुन् ।धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममै मृत्यु भएको हो ।श्रीमान अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।