मोटरसाइकल र वस ठोक्किंदा दाङमा २ जनाको मृत्यु

765Shares
मोटरसाइकल र वस ठोक्किंदा दाङमा २ जनाको मृत्यु

११ चैत दाङ । दाङमा वस र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका ५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा राजपुर गाउँपालिका ५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।