पञ्जाव किंग्स र कोलकाताको जित

51Shares
पञ्जाव किंग्स र कोलकाताको जित

११ चैत काठमान्डौ । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्स केकेआरले सनराइजर्स हैदराबादविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ ।शनिबार राति इडेन गार्डेनमा सम्पन्न खेलमा कोलाकाताले अन्तिम ओभरमा १३ रन रक्षा गरेपछि चार रनको रोमाञ्चक जितसहित विजयी सुरुआत गरेको हो । कोलकाताले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनमात्र बनाउन सक्यो ।प्रतियोगिताको १७औँ संस्करण जितसहित सुरुआत गरेको कोलकाता दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । अंकविहीन हैदराबाद भने तालिकाको चौथो स्थानमा छ ।शनिबार नै भएको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध चार विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।