लघुवित्त वित्तीय संस्था द्धारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

66Shares
लघुवित्त वित्तीय संस्था द्धारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

९ चैत बर्दिया । लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय बासगढीको आयोजनामा समुदाय स्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ। (Gobal Money Week-2024) मार्च १८ देखि २४, को अवसरमा बासगढी नगरपालिका वडा नं ९ माछागडमा आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रम बासगढी शाखाका शाखा प्रमुखको अध्यक्षतामा एव भुरीगाँउ अनुगमन कार्यालय प्रमुख दिपक बहादर बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने यो कार्यक्रम साप्ताहिक अभियान हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरू गरिएको यो सप्ताह Organisation of Economic Cooperation and Development (OECD) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुरयाउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको छ ।Global Money Week रहेको छ भने एघारौं श्रृंखलाका रुपमा मनाइने’Plan your money, plant your future’ रहेको छ ।
कार्यक्रममा अनुगमन प्रमुख बोहराले Global Money Week अन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमहरूले समुदायमा वित्तीय जनचेतना बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा उहाँले लघुवित्त संस्थाहरूले यस्तो कार्यक्रमहरू समय समयमा जनसमूदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । अनुगमन प्रमुख बोहराले वित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ , ग्रामिण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उधम गर्ने, आफ्नो लघु ब्यवसाय लाई कसरी ब्यवसाहिक बिकास गरी आम्दानी बृद्धी गर्ने र पारिवारीक बजेट कसरी निर्माण गर्ने र यसको महत्व बारे प्रशिक्षण दिनु भयो ।कार्यक्रममा शाखा प्रमुख मनोज आर्चाय ले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबैमा धन्यवाद दिनुभयो । अभियान लघुवित्त वित्तीय संस्था सदैव ग्रामिण समुदायमा रहेका महिला दिदीबहिनी को आर्थिक पहुच बिस्तार, बचत बृद्धि, व्यवसाय संचालनको लागि कर्जा सुविधा उपलव्ध गराउन , महिला सशक्तीकरण र गरिवी निवारणको क्षेत्रमा सदैव प्रतिवद्द रहेको समेत बताउनुभयो । कार्यक्रमको सञ्चालन बासगढी शाखाकी फिल्ड सहायक खेम कुमारी रावलले गर्नुभएको थियो । उक्त कार्यक्रममा कर्मचारीहरु एवम मोहनपुरगाँउका महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।